काठमाडौं, २३ साउन ।
नेपाली साहित्यमा नयाँ अभियान ‘आफू बिरूद्ध आफैं’ को छैटौं शृङ्खला कवि आर एम डङ्गोलका एक कविता वाचन गरी सम्पन्न भयो । आफू विरुद्ध आफैं’ आफ्नो पुरानो सोच, बानी वा लेखनशैलीलाई बदलेर नयाँ सिर्जनात्मक अभ्यास गर्ने प्रवृत्तिमा अभ्यस्त रहेका कवि डंगोलका नयाँ र पुराना गरी ९ वटा कविता वाचन गरिएको थियो। नेपाली साहित्यमा वि.सं.२०८१ साउनमा सक्रिय स्रष्टाहरूले पुराना शैली तोड्दै रूपान्तरणका लागि यो साहित्यिक अभियान थालेका हुन्। यसले आत्मसमीक्षा र आन्तरिक विद्रोहमार्फत सुधारको मार्ग देखाउँछ ।
अभियानका कविहरू आर.एम.डंगोल छविरमण सिलवाल, बोधराज पौडेल, नवराज रिजाल, होमशंकर बास्तोला, प्रतिरोध कार्की लगायत उपस्थित थिए । अभियान अन्तर्गत समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरिन्छ। साहित्यकारहरु प्रशंशाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढिरहेको छ ।



