काठमाडौं, २८ साउन ।
पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन् ।
विहिबार काठमाडौं फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले पार्टी एकताको आह्वान गरेका हुन । उनले शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको पनि अपिलमा प्रष्ट्याएका छन् ।
कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताए ।
‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ । तसर्थ आम नेपाली कांग्रेसका नेता कार्यकर्ता, सुभेच्छुक, समर्थक मतदातालगायत काम नेपाली जनतामा कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी हो । सोही नीति अनुसार सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गर्न चाहन्छु ।’ वक्तव्यमा देउवाले भनेका छन् ।
उनले आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारेका छन् ।
म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।’ अपिलमा भनिएको छ ।


