काठमाडौं, १ भदौ ।
सभामुख डोलप्रसाद अर्यालले सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गरेका छन् । प्रधानमन्त्री शाहमाथि सभामुख अर्यालले गरेको यो पहिलो रुलिङ हो ।
विपक्षी सांसदहरूले नियमावलीको नियम ५६ बमोजिम महिनाको पहिलो हप्ता हुनुपर्ने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग गर्दै नियमित आवाज उठाउँदै आएका थिए ।
प्रधानमन्त्री शाहको विवादस्पद अभिव्यक्तिमाथि विपक्षी दलका सांसद्हरुले गम्भीर प्रश्नहरु पनि उठाउँदै आएका थिए ।
यी सबै सन्दर्भलाई ध्यान दिँदै सभामुख अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकबाट रूलिङ गरेका हुन् ।


