काठमाडौं, ३१ भदौ ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्बदलीय बैठकले सात दिनभित्र संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह गरेको छ ।
वुधबार बसेको सर्बदलीय बैठकले भोटेकोशी बाढिपछिको जोखिम न्यूनिकरण र व्यबस्थापनका लागि त्यस्तो समिति बनाउन सभामुख डिपी अर्याललाई आग्रह गर्ने निर्णय गरेको हो ।
‘सभामुखलाई विशेष समिति बनाउन आमग्रह गर्ने निर्णय भएको छ’ बैठकपछि एमाले संसदीय दलकीय उपनेता पद्यमा अर्यालले भनिन् । उनले बैठकमा बाढपछिको सरकारले गरिरहेको समग्र कामबारे समीक्षा भएको जानकारी दिइन् ।
बैठकमा रास्वपाका सभापति रवी लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले संसदीय दलकी उपनेता अर्यालसहित नेताहरु सहभागी थिए ।


