काठमाडौं, ११ असोज ।
एमाले महासचिव शंकर पोखरेलले विना प्रमाण पुर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पक्राउ गरिएको घटनाबाट न्याय प्रणालीकै गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन ।
सामाजिक संजालमार्फत पक्राउको घटनामाथी टिप्पणी गर्दै उनले त्यस्तो बताएका हुन ।
“बिना कुनै प्रमाण पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (च्गभि या ीबध) को मर्मविपरीतको काम हो ।यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौ ।“ पोखरेलले भनेका छन ।


