काठमाडौं, १२ असोज ।
पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्यमा अत्यधिक मतसहित निर्वाचित प्रकाश कोइराला अब नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी लिएर अगाडि बढेका छन्।
स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै जनतासँग प्रत्यक्ष जोडिएर हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।
युवालाई अवसर, उद्यमलाई प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अभियानलाई आफ्नो मूल एजेन्डा बनाएका कोइरालाले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउने तथा युवाहरूको सक्रिय सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा गरेको काम र उनको राजनीतिक एजेन्डालाई आधार बनाएर क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो निर्णय लिन सक्नेछन्।


