काठमाडौं, १७ कात्तिक ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिर आएपछि केपी ओली भेट्न कांग्रेस सभापति गगन थापा गुण्डु पुगेका थिए ।
नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका हुन्।
मंगलबार साँझ ६ः५० देखि ७ः५५ बजेसम्म सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। सोमबार मात्रै गगन थापाको विषयमा विचौलिया इनम सापकोटाले १८ करोडको चलखेल भएको बयान दिएको अडियो सार्वजनिक भएको थियो ।


