काठमाडौं, असोज ४
‘जेन–जी’ आन्दोलनको आडमा नेपालगन्जका सरकारी कार्यालयबाट सामान लुटपाट गर्ने अर्का एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरका २० वर्षीय मोहम्मद आदिल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(प्रवक्ता) दीपक पातलीले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्त आदिलले आन्दोलनको आडमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सोफा चोरेर लगेका थिए । उनले सोफा चोरेको तथ्य फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो सँगै आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न तीन जना ब्यक्ति बाँकेमा पक्राउ परिसकेका छन् । प्रहरीले केहीदिन अघि आगजनीमा संलग्न नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दिपक टमाटालाई पनि पक्राउ गरेको थियो ।
आन्दोलनको आडमा आगजनी, तोडफोड र लुटपाट गर्ने ब्यक्तिको पहिचान गर्न प्रहरी सक्रिय भएको डिएसपी पातलीले बताए । ‘अझै केही ब्यक्तिहरुको पहिचान हुदैछ, हामीले फोटो, भिडियो हेर्ने काम गरिरहेका छौं,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आन्दोलनको आडमा सार्वजनिक तथा ब्यक्तिगत संरचनामाथी आगजनी, तोडफोट र लुटपाट गर्ने ब्यक्तिहरुलाई पक्राउ गर्न लिखित रुपमा निर्देशन दिइसकेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भदौं २७ गते नै लिखित रुपमा जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर आवश्यक निर्देशन दिइसकेको बताए ।
‘आन्दोलनको फाईदा उठाएर आगजनी, तोडफोड र लुटपाट गर्ने ब्यक्तिहरु तपाई हामीले कल्पना नै नगरेका ब्यक्तिहरु रहेछन्, धेरैको अनुहार पत्ता लगाउने काम भइरहेको छ,’ उनले भने, ‘राष्ट्रिय झण्डा बोकेर आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होईनन्, तिनीहरु आन्दोलनको फाईदा उठाउने ब्यक्ति हुन् ।’ आफ्नो पहिलो काम नै अब ति संलग्न ब्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भएको प्रजिअ जोशीले बताएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेनजनी आन्दोलनः आगजनी, लुटपाट गर्नेको पहिचान गर्दै प्रहरी
Previous Articleनारायणगढ-मुग्लिन सडक १६ घण्टा देखि अवरुद्ध
Next Article एमाले अध्यक्ष ओलीलाई हटाउन लिखित प्रस्ताव गरिँदैछ ?
