काठमाडौँ, असोज ५
प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको छ।
जसमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस भएको छ।
त्यस्तै महावीर पुन, अनिल सिन्हा, डा. मदन परियार र डा. सङ्गीता मिश्रको नाम पनि मन्त्रीका लागि सिफारिस भएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएको १० दिनपछि कार्कीको मन्त्रिमण्डलमा थप पाँच जनाको नाम सिफारिस भएको हो।
प्रधानमन्त्री कार्कीले यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीका ओमप्रकाश अर्याललाई नियुक्त गरेकी थिइन्।
