काठमाडौं, असोज ५
जेन–जी आन्दोलनको छानविन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
जेनजी आन्दोलनको क्रममा २३ गते प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको ज्यान गएको थियो। २४ गते विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ती घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।
आयोगको कार्यावधि तीन महिना रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
