काठमाडौं, असोज ५ ।
प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा प्रस्तावित सञ्चारमन्त्री जगदीश खरेल कांग्रेस वा एमाले मध्ये कुन पार्टी थिए भनेर छुट्याउन गाह्रो भएको छ । दोलखाका पत्रकार एवं हालका पत्रकार महासंघका सचिव रमेश खतिवडाको बाइलाइनमा नागरिक दैनिकमा प्रकासित एक समाचार अनुसार उनी कांग्रेस थिए ।

प्रेस चौतारीका वरिष्ठ नेता विश्वमणी सुेवेदीका अनुसार उनी एमाले निकट पत्राकारहरुको संगठन प्रेस चौतारीका सदस्य थिए ।
त्यस्तै एमाले नेता पार्वत गुरुङका कार्यकर्ता रहेका खरेल २०५८ सलातिर छत्र कार्की अध्यक्ष रहेको अनेरास्ववियू दोलखा काठमाडौ सम्पर्क मञ्चका सदस्य थिए ।
दोलखा कालिन्चोकका एमाले नेताहरु होम पाठक र कालिका पाठकको सिफारिसमा एमालेको संगठित सदस्यता पनि लिएका थिए । तर उनी जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको रोजाईमा परेका छन् ।
वरिष्ठ पत्रकारहरुलाई मन्त्री अफर गरिएपनि उनीहरुले जेनजीको उमेर पार भैसकेको भन्दै अस्वीकार गरेका थिए । त्यसपछि अन्तिम विकल्पको रुपमा कुनै बेला कांग्रेस र एमाले दुवैतिरका कार्यकर्ता रहेका खरेल रोजाईमा परे ।


