गाजा माथि इस्राएलको तीव्र आक्रमणबीच फ्रान्स, अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले कूटनीतिक दबाब बढाउँदै पेलेस्टाइन राज्यलाई मान्यता दिएका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले २२ सेप्टेम्बर २०२५ मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा इस्राएल–फिलिस्तिनबीच दुई–राष्ट्रिय समाधानबारे भएको उच्चस्तरीय बैठकमा सम्बोधन गरेका थिए।
सोमबार न्यूयोर्कमा साउदी अरेबियासँग सह–आयोजित उक्त बैठकमा फ्रान्ससँगै अन्डोरा, बेल्जियम, लक्जेम्बर्ग, माल्टा र मोनाकोले पनि फिलिस्तिनी राज्यलाई मान्यता दिने घोषणा गरे।
यसअघिै पेलीस्टाइनलाई मान्यता दिएका अष्ट्रेलिया, क्यानडा, पोर्चुगल र बेलायतका नेताहरुले पनि उक्त बैठकमा सहभागिता जनाए।
‘हामी यहाँ जम्मा भएका छौं किनभने यो समय आएको छ,” म्याक्रोंले भने,’ ‘आज म घोषणा गर्छु, फ्रान्सले प्यालीस्टाइनलाई राज्यका रूपमा मान्यता दिन्छ।’
यससँगै, यस वर्ष अप्रिलसम्म करिब १९३ मध्ये १४७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रले पेलीस्टाइनलाई फिलिस्तिनलाई मान्यता दिएका थिए। अब करिब ८० प्रतिशत अन्तर्राष्ट्रिय समुदायले पेलीस्टाइन राज्यलाई मान्यता दिएको छ, जसले गाजामाथिको नरसंहारलाई निरन्तरता दिइरहेको इस्राएलमाथि कूटनीतिक दबाब अझ बढाएको छ।
