काठमाडौँ असोज १२
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा जान रोक लगाउने लगायतका सिफारिस प्रतिरोधपूर्ण रहेको जानकार बताउँछन्। चेन आफ कमान्डमा चल्ने प्रहरी संस्थाले आन्दोलनमा गोली चलाउँदा यस अघि प्रधानमन्त्रीसम्म दोष पुगेको नजिर देखिएको छैन ।
भदौ २३ को घट्नामा गोली हान्न आदेश दिने सुरक्षा अङ्गका प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुवेर, उपत्यका प्रहरी कार्यालयमा निवर्तमान प्रमुख डिआइजी ओम राना र काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई छाडेर आयोगले ओलीलाई बाहिर जान रोक लगाएकोले यस्तो प्रतिसोध देखिएको हो।
अयोगले पूर्व प्रधानमन्त्री ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
त्यस्तै आयोगले उनीहरूलाई स्वीकृति बेगर काठमाडौँ उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानबिन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।
आयोगले जेन–जी आन्दोलन दमनमा उनीहरुकोे पनि भूमिका हुनसक्ने देखिएको अनि उनीहरूको पासपोर्ट यथावत् राख्दा विदेशतिर लाग्ने जोखिम हुनसक्ने भन्दै पासपोर्ट रोक्काको सिफारिस गरेको हो ।
