काठमाडौं, असोज १२
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ। तर प्रहरीले केही पनि फेला पारेको छैन । भूषण देउवापत्नी आरजु राणाका भाइ हुन।
उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने व्यक्तिका रूपमा परिचित छन ।
देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो।
सरकारले सीआईबी प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीलाई दिएपछि शंकास्पद व्यक्तिहरू निगरानीमा छन। केसी उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा नै बहुचर्चित भुटानी शरणार्थी प्रकरणको छानबिन अघि बढेको थियो।
