काठमाडौँ, असोज १६ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका र जमरा लगाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाएका हुन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए । (रासस)
