सुन्दर तस्वीरले आन्तरिक र बिदेशी पर्यटकहरुको मन लोभ्याउने गरेको पाइन्छ । सबै उमेरका मानिसहरु सुन्दरताप्रति आर्कषित नै छन् । तस्वीर एक प्रकारको ऐना जस्तै हो । तस्वीरले भूगोलको सौन्दर्य लोभलाग्दो बनाउछ ।
हेरौः राससका साथीहरुले खिच्नुभएका विविध तस्वीरहरु ।



रामेछापको लिखु तामाकोशी गाँउपालिकाको-४ बिजुलीकोटस्थित रमणीय रातमाटा गाँउ । तस्बिर ः रमेश ढुङ्गेल
दाङको घोराही उपमहानगरपालिका-३ स्थित राप्ती नदीको बगरमा सेतै फुलेको काँस ।
तस्बिर : कुलदीप न्यौपाने
पाँचथर जिल्लाको याङवरक गाउँपालिका-४ स्थित कृत्रिम पोखरी । पछिल्लो समय यो पोखरी आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै गएको छ ।
तस्बिरः दिलकुमार लिम्बू
