काठमाडौं, असोज २८
बाँचुन्जेल उज्यालो सपना बोकेर देश छाडेका थिए विपिन जोशी। फर्केर अउलान, तर शरीरमा सास नलिएर आउदैछन्। इजरायली भूमिमा हमासको आक्रमणमा मारिएका नेपाली युवाहरूमध्ये एक विपिनलाई सम्झिँदै इजरायलका लागि नेपालका पूर्वराजदूत हानान गोदारले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्।
पूर्वराजदूत गोदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनसँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन् ,दुई वर्षको आशा आज अन्त्य भयो। सो तस्बिर लर्न एन्ड अर्न कार्यक्रममार्फत इजरायल जानुअघि खिचिएको थियो।
त्यो दिन गोदारले उनीसँग केही समय बिताएका थिए। आज, त्यो केही क्षणको स्मृति शोकमा परिणत भएको छ।
विपिनको डिएनए टेस्टपछि शव परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ ।
