काठमाडौं, कात्तिक १२
सरकारले बोलाएको त्रिपक्षीय संवादमा १३ जना जेनजीहरु सहभागी भएका छन् । सरकार, राजनीतिक दल र जेनजीबिच तय भएको त्रिपक्षी संवादमा जेनजी प्रतिनिधि १३ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जसमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले अ पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता तय गरेको हो । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो । निर्वाचन गराउने विषयमा उनीहरुबीच छलफल हुन लागेको सरकारले जनाएको छ ।
वार्तामा राजनीतिक दलका नेताहरु नारायणकाजी श्रेष्ठ ,वर्षमान पुन , माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत लगायत सहभागी रहेका छन् ।
