काठमाडौ, कात्तिक १२ गते
पूर्व राष्टपति तथा एमालेका पूर्व उपाध्यक्ष विघा भण्डारीले सदस्यता नविकरणका लागि निवेदन नदिने भएकी छन् ।
विद्याको भनाइ उदृत गर्दे उनी निकट स्रोतले भन्यो विद्याको सदस्यता पहिले नै नविकरण भइ सकेकोले निवेदन आवश्यक छैन । त्यही नविकरणलाई निरन्तरता दिए ठिकै छ नदिए निवेदन नदिने निष्कर्षमा विद्या पुगेको स्रोतले बतायो ।
एमालेको हालै भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्टपति विद्या भण्डारीले सदस्यता नविकरणका लागि निवेदन दिनु पर्ने खालको निर्णय सुनाएका थिए ।
अध्यक्ष ओलीको आशय थियो उहाँ (विद्या) ले प्रक्रिया पुरा गरेर निवेदन दिए सदस्यता नविकरण हुन्छ ।
नविकरण गरेको स्वकीकार गरे महाधिवेशन प्रतिनिधि हुनु हुनेछ र नेतृत्व ( अध्यक्ष हुन) लिन पहल गर्नुहुनेछ तर नविकरण स्वीकार गरे निवेदन दिइने छैन विद्या निकट स्रोतले बताएको छ ।
विद्या निकटमा पनि सदस्यताका विषयमा दुई धार देखिएको छ । आन्तरिक छलफलमा पोलिटव्युरो सदस्य कर्णबहादुर थापा लगायतले पनि विद्याकै सोचमा सदस्यता नविकरण भएकोले फेरि निवेदन दिनु नपर्ने धारणा राखेका छन् भने केन्द्रीय सदस्य झपट रावल, रमेश पौडेललगायतले सदस्यता नविकरणका लागि निवदेन दिनु पर्ने तर्क दिइरहेको चर्चा एमाले बृत्तमा छ ।
एमालेका ओली पक्षिय सचिवालय सदस्यले पनि केन्द्रीय सदस्यलाई थामथुम पार्न ओलीले बैठकमा त्यसो भनेका हुन, तपाईले हाम्रो अध्यक्षलाई चिन्नु भएकै छ विद्याले निवेदन दिए पनि सदस्यता नविकरण हुन्न भने ।
केही गरेर भण्डारीको सदस्यता नविकरण नभए विद्याले इश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई एक ठाउँमा ल्याएर ओली विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिन लगाउने गरेर छलफल भइरहेको पनि स्रोतको दावी छ ।
