दाङ , कात्तिक १३ गते
नेकपा (एमाले) का महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी दाङले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको दाबी गर्दै नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे । जेनजी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका हुने कुरै भएन ।
उनले भने कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम हो ।जेनजी आन्दोलनमा उठाइएका माग जायज भएको उल्लेख गर्दै महासचिव पोखरेलले सो आन्दोलनमा नवयुवाको आन्दोलनमा राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेर
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकार एनजिओ र आइएनजिओको भएको समेत दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्रसरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने बताए ।
