काठमाडौं, कात्तिक १३ गते
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।
मंसिरभित्रै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका महामन्त्रीद्वय थापा र शर्मासँग कार्यवाहक सभापति खड्काले छलफल गरेका हुन् । उनीहरुसँग छलफल टुंगिएपछि केन्द्रीय कमिटी बैठक सुरु गर्ने तयारी छ । बैठक १ बजे बस्ने भनिए पनि छलफल नटुंगिएपछि केन्द्रीय सदस्यहरु पर्खाइमा बसेका छन् ।
केन्द्रीय कार्यालय सानेपामा अहिले कावा सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माबीच छलफल चलिरहेको छ ।
महामन्त्रीद्वयले आफूहरूले अघि सारेको कार्यतालिका अनुसार मंसिरमा महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन् । तर, संस्थापन पक्षको हिजो भएको भेलाले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसले कांग्रेसभित्र मतभेद चर्किएको छ ।
