काठमाडौं, कात्तिक १३
प्रहरी अतिरिक्त महानीरिक्षक (एआइजी) इन्टरपोलको बैठकमा भाग लिन जाँदैछन् । मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेपछि उनी त्यता जान लागेका हुन् ।
कात्तिक २६ गते नयाँ आइजीपी नियुक्ति गर्नुपर्ने अवस्थामा अधिकारीलाई त्यता पठाउन लागिएको हो । सो बैठकमा प्रायः आइजीपी सहभागी हुनेछन् । यसअघि आइजीपीहरुले भाग लिदै आएको बैठकमा यसपटक एआइजी अधिकारीलाई पठाउन लागिएको छ । आइजीपी सहभागी हुने बैठकमा एआइजीलाई पठाउन लागिएको विषयले नेपाल प्रहरीका हलचल ल्याएको छ । उनी आइजीपीको प्रतिस्पर्धी हुन् ।
हाल मानवस्रोत विभागमा रहेका अधिकारी दोस्रो वरियतामा रहेका छन् । पहिलो वरियतामा दानबहादुर कार्की छन् । एक थरी प्रहरी अधिकृतहरुले एआइजी अधिकारीलाई आइजीपीमा बढुवा गर्ने संकेतसहित इन्टरपोलमा भाग लिन जानका लागि स्वीकृति दिएको अर्थ लगाएका छन् ।
