काठमाडौं, कात्तिक २८
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उर्जा मन्त्री कुलमान घिसिङलाई तत्काल हटाउन माग गरेका छन ।
अहिलेको सरकार गैरदलीय भनिएकाले पार्टी खोलिसकेको व्यक्ती मन्त्रीमा रहने कुरा नैतिक दृष्टिले पनि उपयुक्त नहुने जिकिर गर्दै पोखरेलले व्यक्ती स्वयंले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्ने माग गरेका छन ।
“प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?” राजीनामा माग्दै पोखरेलले सामाजिक संजालमा भनेका छन-“यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?!”
घिसिङको सरक्षणमा केही दिनअघि निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी दर्ता भएको थियो । पार्टी दर्ता गरे पनि तत्काल मन्त्रीबाट नहट्ने योजनामा घिसिङ रहेका छन ।
