काठमाडौं, १० मंसिर । स्वास्थ्य सामाग्री खरिदमा हुने घोटला रोक्न विज्ञ समूह गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवाद निरुपणका लागि विज्ञ समिति गठन गरेको हो । समितिको नेतृत्व पूर्व–सचिव सुरेश प्रधान र व्यवस्थापन महाशाखाका पूर्व निर्देशक डा भिमसिंह तिंकरी तोकिएका छन् ।
समितिमा स्वास्थ्स्य मन्त्रालयका तर्फबाट डा चुमनलाल दासले संयोजन गर्नै भएका छन् । हालै महाशाखाको नेतृत्व सम्हाल्नुभएका केशव पण्डितमा सो समितिमा सदस्यमा रहेका छन् । प्रधानले सार्वजनिक खरिद कार्यालयको सचिवका रुपमा समेत काम गरिसकेका छन् । डा तिंकरीले ४ वर्ष व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा काम गरेका थिए । पछिल्ला वर्षहरुमा खरिद प्रक्रियामा लगातार विवाद बढेको छ । अख्तियारले १४ जना कर्मचारीमाथि मुद्दा दायर गरेपछि उनीहरु निलम्बित छन् ।
