काठमाडौ, १८ मङ्सिर ।
एमालेले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले अनुसार नेतृत्व छनोटलाई छिटो छरितो र प्रभावकारी बनाउन विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको बताए ।
त्यसका लागि टेण्डर प्रक्रिया बढेर छनोट प्रक्रिया सुरु भएको उनले बताए । ‘नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने टुंगोमा पुगेका छौं, त्यसका लागि टेण्डर आह्वान गरेर कम्पनी छनोट गर्दैछौं ।’ ज्ञवालीले भने ।
एमालेले दशौं महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन नै प्रयोग गरेको थियो ।
