काठमाडौ, १८ मङ्सिर ।
एमाले महाधिवेशनका प्रतिनिधि संख्या बढने निश्चित भएको छ । २२ सय हाराहारी प्रतिनिधि अनुमान गरिएकोमा अन्तिम संख्या एकीन हुँदा २२ सय ५० देखि २२ सय ७५ सम्म पुग्नसक्ने संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले जानकारी दिए ।
एमालेले १२ सय सदस्य बराबर महिला र ४० वर्ष मुनिका १ युवासहित ४ प्रतिनिधि छनोट हुने मापदण्ड तोकेको थियो । तर पछिल्लो सचिवालय बैठकले शेष बाँकी ८ सय सदस्यमाथि रहेको अबस्थामा थप १ जना महिला प्रतिनिधि अनिवार्य गरेसँगै संख्या बढेको अधिकारीले बताए । महिला प्रतिनिधि ३३ प्रतिशत नाघ्दैछ ।
एमालेले प्रतिनिधिहरुको कार्ड प्रदेशहरुमै डिजिटाइज्ड गरेर छपाईका लागि मात्र विभागमा पठाउन निर्देशन दिएको छ । केन्द्रमा आएका गैरभौगलिक क्षेत्र, जनसंगठन र पदेनसहित एक तिहाई प्रतिनिधिको कार्ड छपाई भने सकिएको अधिकारीले जानकारी दिए ।
