काठमाडौं, २१ मङ्सिर ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री आनन्दप्रसाद पोखरेलले पार्टीको एघारौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन ।
वागमती प्रदेशभित्र एमालेको सिनियर र प्रभावशाली नेता पोखरेल चितवनमा सम्पन्न अघिल्लो महाधिवेशनमै पदाधिकारीमा दावेदार थिए । लामो समयदेखी अध्यक्ष केपी शर्मा ओली निकट नेताका रुपमा चिनिएका पोखरेल अघिल्लो आमनिर्वाचनमा वागमती प्रदेशबाट मुख्यमन्त्रीका रुपमासमेत चर्चामा थिए ।
।
पाँच दशक बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका पोखरेल एमालेभित्र सिमित प्रखर वैचारिक नेताका रुपमा स्थापित छन । कम्युनिस्ट आन्दोलनसग सम्बन्धित केही पुस्तकका लेखक, विभिन्न पत्रपत्रिकाका स्तम्भकारसमेत रहेका पोखरेल कृषि, जलस्रोत तथा प्राकृतिक स्रोत विज्ञका रुपमा पनि परिचित छन । भुराजनीतिक ज्ञाताका रुपमा परिचित पोखरेल हिमालयन चीन मैत्री समाजका सस्थापक अध्यक्ष पनि हुन ।
चालिसको दशकमा प्रकाश साप्ताहिकमार्फत पत्रकारिता शुरु गरेका पोखरेलको सम्पादकत्वमा प्राकृतिक सम्पदा नामक म्यागजिनसमेत प्रकाशित हुँदै आएको छ । पोखरेलले मुलुक सङ्कटबाट गुज्रिरहेका बेला पार्टी हितलाई केन्द्रबिन्दुमा राखेर पार्टी नेता कार्यकर्ताहरुको राय र शुभेच्छुकहरुको सद्भावलाई ध्यानमा राखेर अघि बढ्ने तयारीमा रहेको बताए ।
पोखरेलले पछिल्लो समय काठमाडौंको इन्चार्जको भुमिका निभाउदै आएका छन । पछिल्लो समय काठमाडौको सगठन कमजोर बनेको महशुस गरिएपछी अध्यक्ष केपी ओलीको विशेष रुचिमा पोखरेललाई पार्टी निर्णयअनुसार जिम्मेवारी दिएको थियो ।
।
काठमाडौ उपत्यकामै महाधिवेशन हुन लागिरहेकाले अहिले उनी व्यापक जनपरिचालनको काममै ब्यस्त छन ।
पाँच दशकदेखिका अविश्राम राजनीतिज्ञ पोखरेल
: आनन्द प्रसाद पोखरेल नेपालको प्रखर कम्युनिस्ट नेताहरू मध्येका एक हुन । लामो समयदेखि बामपन्थि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पोखरेल बैचारीक ज्ञान, तर्क क्षमता र वाककलाका लागि लोकप्रिय छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज पोखरेल पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन । संसदमा तार्किक बहसको लागि कहलिएका थोरै नेताहरु मध्यमा पर्ने पोखरेलले कम्युनिष्ट सिद्धान्त, संगठन र योजनासंग सम्बन्धित केहि पुस्तकहरु समेत प्रकाशन गरेका छन् ।
नेपालबाट प्रकाशीत हुने दैनिक पत्रिकाहरु र केही अनलाईनमा उनका विचार प्रधान फुटकर लेख– रचना समेत प्रकाशन हुदै आएका छन् ।
एमालेको बैचारीक तथा सांगठनिक गतिविधि, कम्युनिष्ट विचार र संगठन, विदेश नीति, जलस्रोत, पर्यटन, बन पैदावर र जलवायु परिर्वतन जस्ता विषयहरुमा केन्द्रीत रहेर बिभिन्न टेलिभिजन तथा एफएम रेडियोहरुले बेला– बेलामा उनको अन्र्तवार्ता समेत लिदै आएको छ ।
।
राजनीतिक सिद्धान्त, जलवायु परिर्वतन, विकास नीति लगायत थुप्रै विषयमा उनले अन्तराष्ट्रिय सेमिनारहरुमा समेत कार्यपत्र प्रस्तुत गरिसकेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– ३ जफेमा २०१६ साल फागुन २९ गते जन्मिएका आनन्द प्रसाद पोखरेल, पिता इन्द्र प्रसाद पोखरेल र माता रन्धत्ता पोखरेलको जेष्ठ सुपुत्र हुन् । पोखरेलको श्रीमती मिठू पोखरेल, दुई छोरा, एक छोरी, बुहारीहरु र पाँच जना नाति– नातीनाहरु छन् ।
२०३३ सालमा एसएलसी परिक्षा दिएका पोखरेलले विएससी एजी, बिएल तथा ग्रामिण विकास र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी बुद्धदर्शनसंग सम्बन्धि विषयमा एमफिल– पिएचडीको तयारी गर्दैछन् ।
शैक्षिक योग्यता
कक्षा ७ मा अध्यन गर्दैगर्दा २०२९ सालमा अनेरास्ववियुको सदस्यता लिएका पोखरेल २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भै क्रियाशिल रहेका थिए ।
सामाजिक विकास र राजनीतिक परिर्वतनको चेतना भएका पोखरेल २०३५ साल पौष ११ गते नेकपा माले गठन भएदेखिनै युवाहरुको नेतृत्वगर्दै आन्दोलनमा सक्रिय बनेका थिए । अध्यनको सिलसिलामा चितवन पुगेका पोखरेल अनेरास्ववियुको चितवन जिल्ला समिति अध्यक्ष, नारायणी अञ्चलको सचिव र सातौ राष्ट्रिय अधिवेशन आयोजक समितिको सदस्य बनेका थिए । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य, प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च दोलखाको सचिव र जनपक्षिय मञ्चको केन्द्रीय सदस्य समेत बने ।
।
राजनीतिक परिर्वतनको लागि विद्यार्थी, युवा र शिक्षकको मोर्चामा रहेर बिभिन्न जिम्मेवारी पुरा गरेका पोखरेलले २०४३ देखि २०४६ सम्म तत्कालिन नेकपा मालेको जिल्ला संगठन समितिको सदस्य रहेर काम गरेका थिए । विचारमा स्पष्ट र दृढ पोखरेल यो तीन बर्षको अवधिमा बिभिन्न झुट्टा मुद्दाको सामना गर्दै १३ पटक जेल र हिरासतमा रहन बाध्य भए ।
राजनीतिक पार्टीमा नेतृत्व गर्ने क्रममा पोखरेल २०५४ देखी २०५९ सम्म नेकपा एमाले दोलखाको सचिव, २०६० देखि २०७० सम्म नेकपा एमाले बागमति अञ्चल (बागमति प्रदेश) संगठन कमिटी सदस्य, २०७५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य तथा बागमति प्रदेश संगठन कमिटीको सचिव, २०७७ सालमा नेकपा एमाले बागमति प्रदेश संगठन कमिटी अध्यक्ष र २०७८ देखी हालसम्म नेकपा एमालेको केन्द्रीय पोलिटब्युरो सदस्य तथा संगठन विभाग सदस्य रहेका छन् । हाल उनी नेकपा एमालेको काठमाडौँ जिल्ला इन्चार्ज समेत हुन् ।
निर्वाचित पद
तत्कालिन नेकपा मालेले पञ्चायत व्यवस्थालाई उपयोग गर्दै जनताको पक्षमा काम गर्ने नीति लिएपछि पोखरेलले २०४३ देखी २०४५ सालसम्म दोलखाको जफे गाउँपञ्चायतमा जनपक्षिय उम्मेदरवारको रुपमा प्रधानमञ्चमा निर्वाचित भै जनताको पक्षमा काम गरेका थिए । यो अवधिमा पोखरेलले जनताको सेवासंगै राजनीतिक परिर्वतनको लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०४६ सालको राजनीतिक परिर्वतन पछि पोखरेल २०५६ देखि २०५९ सम्म प्रतिनिधि सभा सदस्य, २०६३ देखि २०६४ सम्म पुर्नस्थापित संसद सदस्य र २०७० सालमा संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए । उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
