काठमाडौं, २६ मंसिर ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)को ११औँ महाधिवेशनमा बहिष्कार गरेका छन् । उनले आफू भौतिक रूपमा उपस्थित नहुने भन्दै खबर पठाएको एमाले उच्च स्रोतले जानकारी दियो ।
महाधिवेशनमा उपस्थित नहुने भएका प्रचण्डले टेलिफोनमार्फत शुभकामना सन्देश पठाइसकेका छन् । नेकापाको कर्णाली प्रदेशको एकता सन्देशसभा यसअघि नै तय भइसकेको हुँदा प्रचण्डले आफू आउन नसक्ने जानकारी गराएका हुन् । एमालेको महाधिवेशनको मिति तय भैसकेपछि नेकपाको कर्णाली सभा तय भएको हो । व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओलीसँग सम्बन्ध राम्रो नभएका कारणले उनी महाधिवेशनमा सहभागी नहुने भएका हुन् ।
