काठमाडौं, ११पुस ।
नेपालको खेलकुद इतिहासमा एक महत्वपूर्ण र प्रेरणादायी उपलब्धि थपिएको छ। नेपालकै कान्छा प्रतिनिधिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य जस्तो अत्यन्त गरिमामय जिम्मेवारीमा नियुक्त रोजेश खड्का हुनु भएको छ।
युवा उमेरमै नेतृत्व क्षमता, सक्रियता र समर्पणमार्फत आफूलाई स्थापित गर्न सफल खड्का को यस नियुक्तिले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा र आशा थपिएको विश्वास गरिएको छ। लामो समयदेखि खेलकुदसँग जोडिएर नीति, व्यवस्थापन र युवा सहभागिताका विषयमा सक्रिय रहँदै आउनुभएका उहाँको अनुभव र दृष्टिकोणले राष्ट्रिय खेलकुद परिषदलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
विशेषतः युवाको सहभागिता, खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद छवि सुदृढ गर्न उहाँको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ। नेपालकै कान्छा सदस्यका रूपमा राखेपमा प्रवेश गर्नु आफैंमा ऐतिहासिक उपलब्धि भएको भन्दै यसले अन्य युवाहरूलाई पनि नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा दिनेछ।
खड्का को यो उपलब्धि व्यक्तिगत मात्र नभई सम्पूर्ण युवा पुस्ताका लागि गौरवको विषय बनेको छ। उहाँको कार्यकाल सफल, परिणाममुखी र स्मरणीय रहोस् भन्ने कामनासहित देशभरबाट बधाई तथा शुभेच्छा प्राप्त भइरहेको छ।
राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याउने अभियानमा उहाँको योगदान उल्लेखनीय रहने विश्वास लिएको छ।उनी भक्तपुर १ दुवाकोट निवासी हुन।
