ताप्लेजुङ, २० पुस।
नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन् । संबैधानिक बिषयको निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गरे ।
११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईल प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्र्थापित गर्न एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताए ।
संबिधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उनले अदालतले संसद पुर्नस्थापनाका सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिए । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उनको भनाई थियो ।
हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भएपनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरुको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।
उनले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । पहिले पार्टी,दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उनको भनाई थियो ।
कार्यक्रममा संगै रहेका एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले भदौ २३ र २४ गतेको घटना बाहिरी शक्तिको प्रभावमा हाँकिएको अरोप लगाए। थेबेले बालेन शाहप्रति लक्षित सिंहदरवार जलाउँछौं भन्नेको अभिष्ट चाहना पूरा भएपनि नेपाली जनताले नेपाली आस्थाका धरोहरहरु सिंहदरवार,सर्बोच्च अदालत,संसद भवन जलाएर देश खरानी बनाएको नबिर्सने बताए ।
ननयुवाहरुका मुद्दा साझा मुद्दा भएपनि आन्दोलनलाई भड्काएर मुलुकलाई तहसनहस बनाउन लागिपर्नेहरु कहिल्यै जनताका भक्त हुन नसक्ने दावी गरे । भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका ५ मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु ४ जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।
एमाले ताप्लेजुङको शनिवार बसेको बैठकले उपमहासचिव भट्टराई,पार्टीका केन्द्रीय सदस्य थेबे,अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो,निवर्तमान केन्द्रीय सदस्य टंक आङवुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी ५ जनालाई आउँदो निर्वाचनका लागि पार्टीबाट सिफारिस गर्ने निर्णय गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एमालेले संसद पुनस्र्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई
Next Article बयानका लागि ओलीलाई पत्रचार
