काठमाडौं, २० पुस।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेका घटनाको सम्बन्धमा बयानका लागि पत्रचार गरिएको छ । जेनजी आन्दोलनको घट्नाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको हो
। ‘तत्कालीन गृहमन्त्रीको बयान सकिएपछि उहाँलाई बयानका लागि आउन पत्र पठाएका छौं,’ स्रोतले भन्यो । ओलीले सार्वजनिक रूपमै आयोगप्रति असहमति जनाउँदै बयान दिन नजाने बताउँदै आएका छन् ।
Enter
