आइतबार राति डोभालले प्रचण्डका लागि ताज होटलमा ‘डिनर’ आयोजना गरेका थिए । सोही क्रममा भएको भेटवार्ता नेपालको वर्तमान राजनीतिक अवस्था र फागुन २१ का लागि तय भएको चुनावमा केन्द्रित भएको स्रोतको दावी छ । जेनजी को आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपालमा राजनीतिक संक्रमणकाल चलिरहेको छ । यही अस्थिरता चिर्न नेपालमा आगामी फागुन २१ मा आम निर्वाचन घोषणा गरिएको छ ।
काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत पुगेर भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरी फर्केका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आइतबार त्यहाँ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेर सोमबार स्वदेश फर्केका हुन् । उनीहरुबीच भेटघाट भएको बारे डोभल प्रचण्डलाई भेट्न उनी बसेकै होटल ताज महल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डोभल दुई वर्षअघि नेपाल आउँदा प्रचण्ड प्रधानमन्त्री थिए । त्यतिबेला पनि उनीहरुबीच बालुवाटारमा लामो कुराकानी भएको थियो ।
भारतका उत्तराखण्ड घर भएका डोभल गत वर्ष जेठमा तेस्रो कार्यकालको लागि भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र उनी भारतको गृह, रक्षा र विदेश मन्त्रालयमा निकै प्रभाव रहेका व्यक्ति हुन् । भारतले नोपलमा चुनाव चाहेको सन्देश लिएर प्रचण्ड स्वदेश आएका छन् ।
आइतबार राति डोभालले प्रचण्डका लागि ताज होटलमा ‘डिनर’ आयोजना गरेका थिए । सोही क्रममा भएको भेटवार्ता नेपालको वर्तमान राजनीतिक अवस्था र फागुन २१ का लागि तय भएको चुनावमा केन्द्रित भएको स्रोतको दावी छ । जेनजी को आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपालमा राजनीतिक संक्रमणकाल चलिरहेको छ । यही अस्थिरता चिर्न नेपालमा आगामी फागुन २१ मा आम निर्वाचन घोषणा गरिएको छ । भेटमा डोभालले नेपालले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब तत्काल चुनावमा जानु नै विद्यमान गतिरोध अन्त्य गर्ने आधारभूत उपाय भएको सुझाए ।
स्रोतका अनुसार डोभालले चुनाव केवल प्रक्रिया मात्र नभई राष्ट्रिय स्थिरताका लागि अत्यावश्यक रहेको बताए । उनले प्रचण्डलाई भने, ‘राजनीतिक प्रणालीको रक्षा गर्ने एक मात्र उपाय चुनाव हो । भारत आफ्नो छिमेकी मुलुकमा स्थिरता चाहन्छ । लोकतन्त्रको रक्षाका लागि जनमत नै सबैभन्दा उत्तम विकल्प हो ।’ उनले नेपालको लोकतान्त्रिक ढाँचाको संरक्षणमा भारतको दृढ प्रतिबद्धता रहेको सन्देश पनि दिए । उनीहरुको भेटबारे गोप्य राखिएको छ । प्रचण्डको सचिवालयले यो विषयमा केही बोलेको छैन ।
प्रचण्ड भारतमा रहँदा भदौ २४ गतेको विध्वंशको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली रहेको टिप्पणी गरेका छन् । भारतको नयाँ दिल्ली पुगेका उनले त्यहाँ आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले अहिले जति गफ लगाए पनि तत्कालीन अवस्थामा आफू र माधव नेपालले मुलुकलाई निकास दिन ठूलो भूमिका खेलेको बताएका हुन् । यद्यपि, त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद विघटनबारे कुनै कुरा नै नभएको प्रचण्डको भनाई छ ।
‘२६ गते राति म र माधवजीलाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै सामान्य अवस्थातिर फर्काउन मेहनत गरेका हौँ’, उनले भने, ‘केपी ओलीले अहिले जति गफ लगाए पनि उनकै सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी भएको हो, त्यतिबेला पनि कामचलाउ उनी नै थिए ।’
