काठमाडौं, २४ पुस । नेपालले भेनेजुएलामा अमेरिकाले आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे औपचारिक धारणा सार्बजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताउँदै अधिकतम संयमता अपनाएर तनाव घटाउन आग्रह गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टी र सम्बद्ध संगठनहरुले अमेरिकी कदमको निन्दा गरिरहेका बेला नेपालको परराष्ट्र मन्त्रालयले तनावलाई अझ बढाउने कार्यबाट बच्न आग्रह गर्दै विज्ञप्तिमार्फत औपचारिक धारणा सार्बजनिक गरेको हो ।
विज्ञप्तिमानेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने विषयलाई महत्व दिने राष्ट्र रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, नेपालले संवाद, कूटनीति र आपसी समझदारीको माध्यमबाट विवादहरू शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्नेमा जोड दिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
