सोलुखुम्बू, ५ फागुन ।
नेकपा एमालेले यसपटक सोलुखुम्बू ४० वर्ष मुनि उमेर समूहमा रहेकी कल्पना राईलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा १२ जना उम्मेदवार चुनावी मैदानमा हुँदा उनी मात्रै महिला उम्मेदवार हुन ।
निर्वाचन आयोगले सोमबारबाट फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने व्यवस्था गरेको छ । सोही अनुसार उम्मेदवारहरूले बजारमा घरदैलो अभियान सुरु गरेका छन् ।

यसअघि गाउँगाउँमा कार्यकर्ता र मतदाता भेटघाट गर्दै आएका उम्मेदवारहरू प्रचार–प्रसार गर्न पाउने समय सुरु भएसँगै बजार पसेका छन् । नेकपा एमाले सोलुखुम्बु मतदातासँग भेटघाट कार्यक्रम चलाइरहेको छ । एमाले केन्द्रीय सदस्य मानवीर राई, प्रदेश सदस्यहरु बुद्धिकुरमार राजभण्डारी र उत्तम बस्नेत, महेश किराती,जिल्ला पार्टी अध्यक्ष डुफकुमार बास्तोला, महिला नेताहरु, युवा तथा अखिलको ठूलो पंक्ति यतिबेला एमाले र कल्पना राई जिताउन अहोरात्र खटिएको छ ।
विद्यार्थी आन्दोलनबाट जनताको प्रतिनिधिसभासम्मको यात्रा तय गर्ने उनका पाइलाहरु यतिबेला लिखुपिकेबाट, खुम्जुङ, माप्य, थुलुङ, महाकुलुङ, सोलुदुण्ड, सोताङ लगायतका सबै वडाहरुमा पुगिसकेका छन् । उनलाई पार्टीका सबै तह र तप्काले साथ सहयोग गरेका कारण मतदाता भेटघाटपछि कार्यकर्तामा समेत उत्साह बढेको छ ।

कल्पना राइले सोताङ माविमा कक्षा ८ पढ्दा राजनीति सुरु गरेकी थिइन । अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बसेर उनले संगठित राजनीतिक जीवनको पहिलो पाइला चालेकी थिइन । विद्यालय तहबाट शुरु भएको राजनीति जिल्ला कमिटी हुँदै अञ्चल कमिटी केन्द्रीय सफल भइन । अनेरास्ववियूको केन्द्रमा बसेर काम गर्दा अनेमसंघको जिम्मेवारी पाएकी थिइन । २०७४ सालमा जनता माझ स्थानीय तहको जिम्मेवारी पुगिन । सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर हुँदै गर्दा विकास निर्माणसँगै जनताको माझमा रचनात्मक गतिविधि सञ्चालन गरेकी थिइन ।
पार्टी राजनीतिमा निरन्तर लाग्नु भएका कल्पना राई पछिल्लो जिल्ला कमिटीको सचिव हुन । उनी सोलु एमालेको इतिहासमा पहिलो जिल्ला सचिव भइन । सोलु जिल्लाबाट ९ औं महाधिवेशन प्रतिनीधि, १० र ११ औं महाधिवेशन प्रतिनीधि भएर केन्द्रीय नेतृत्व चयनमा अहंम भूमिका गरेकी थिइन ।

यतिबेला उनीसँग ११ पुरुष उम्मेदवार मैदानमा रहेका कारण पनि सबै दलका महिलाहरुको सहानुभुति रहेको बताइन्छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ दलबाट मनोनयन दर्ता भएको हो । नेपाली कांग्रेसबाट प्रकाशसिंह कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट असीम राई, त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरि शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनबाट मनकुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेतको मनोनयन परेको छ । श्रम संस्कृति पार्टीबाट बीएस राई, जनता समाजवादी पार्टी नेपालबाट ल्हाक्पा शेर्पा, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट मनकुमार गुरुङ, आम जनता पार्टीबाट गुणराज भट्टराई र नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगरले मनोनयन दर्ता गराएका हुन् ।


