काठमाडौं, २ चैत ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले पेट्रोलिय पदार्थको कृत्रिम अभाव देखार कालोबजारी नगर्न आग्रह गरेका छन् ।
सामाजिक संजालमा एक भिडियो सन्देश जारी गर्दै साम्पाङले आपूर्ती असहज भएको मौका छोपेर भण्डारण गर्ने र महँगो मूल्यमा बिक्री गरेर कालोबजारी नगर्न आग्रह गरेका हुन् ।
उनले सरकारलाई सबै संयन्त्र प्रयोग गरेर पेट्रोलियम पदार्थको आपूर्ती सहज गराउन ध्यानाकर्षण गराएका छन् ।
‘पेट्रोलियम पदार्थको अभाव देखिएको छ, सरकारले के गर्नुपर्ने हो, कहाँ कसो गर्नुपर्ने हो । ती सबै काम गरेर पेट्रोलियम पदार्थको आपूर्तीलाई सहज गर्नुपर्दछ भन्ने माग गर्दछु’ साम्पाङले भनेका छन्, ‘यहाँहरु सबैलाई मेरो अनुरोध छ, कोही कसैले यतिखेर कालाबजारी नगर्नुहोला ।’
