काठमाडौँ, ४ चैत । एक पटकको नेपाली सधैको नेपाली भन्ने अभियानका साथ नेपाली डायस्पोरामा सक्रिय र ऊर्जाशील रोबोट लिम्बु एनआरएन आइसिसीको युरोप क्षेत्रीय संयोजकमा चयन भएका छन् । लामो समयदेखि यूरोपमा रहेका नेपालीहरुको हकहीतका लागि योगदान गर्दै आएका लिम्बू संयोजकमा चयन भएका हुन् । उनी संयोजकमा चयनसँगै युरोपभर रहेका नेपाली समुदायमा नयाँ उत्साह, भरोसा र एकताको सन्देश फैलिएको छ।
लामो समयदेखि सामाजिक अभियान, नेटवर्क विस्तार र प्रवासी नेपालीबीच सहकार्य मजबुत बनाउँदै आएका छन् । युरोपका नेपालीहरूको साझा आवाज बन्ने उनको अभियान कायम रहने विश्वास गरिएको । उनको नेतृत्वले विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने, आपसी सहयोग बढाउने र लगानीको वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी, युरोपमा रहेका सफल नेपाली व्यवसायी, युवा तथा पेशाकर्मीहरूलाई जोड्दै मातृभूमिसँग सम्बन्ध अझ सुदृढ बनाउने अभियानमा उनको भूमिका महत्वपूर्ण रहनेछ । नेपाली पहिचान, संस्कृति र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न उनी सधै क्रियाशील रहेका छन् ।
