काठमाडौं, ४चैत । सरकारमा रहँदा नेता कार्यकर्ता नचिन्ने एमालेका नेताहरुको अहिले उस्तै प्रवृत्ति हावी भएको गुनासो बढिरहेको छ । जेंनजी आन्दोलन पछि शिथिल बनेको एमाले, गत २१ फागुनको निर्वाचनको क्रममा आफ्नै कारण थला परेको छ ।
एमालेका नेता र कार्यकर्ताहरु अझै शिर ठाडो बनाएर जनतासँग आँखा जुधाएर हेर्न सकेका छैनन । एमालेका नेता कार्यकर्तालाई नै भदौ २३ को प्रकरणलाई जोडेर हत्या जस्तो गम्भीर आरोप लाग्ने गरेको छ । त्यही कारण अहिलेसम्म् भदौ२३ मा गल्ती गरेका हा,ै तपाइहरुले सजाय दिनुभयो भनेर भन्न सकेका छैनन् ।
जनतासंग सिधै आखा जुधाएर भोट माग्न नसक्नुको परिणति, दुइ अंकमा सिट जित्न नसक्नु अर्थात प्रत्यक्षमा ९ सीटमा खुम्चनु ।एमाले मुख्यालयतिर धाउने हो भने रमाइलो दृश्य देख्न सकिन्छ । निर्वाचनको बेला सुनसान रहेको कार्यालय अहिले भिडभाड बढ्न थालेको छ । तर, बेहुली अन्माए पछिको सन्नाटा जस्तै देखिन्छ एमाले मुख्यालय । कान्तिक्षय मुहारमा बनावटी हाँसो देखाउने कोसिस देखिन्छन एमालेका नेताहरु ।
तैपनि एक अर्कामा छेडखानी र दोषारोपण भने गर्न छोडेका छैनन् । गत हप्ता एउटा रोचक दृष्य देख्न पाईयो । क्यान्टिन भित्र ढोकाको छेउको अर्थात बाँयातिर टेबलमा योगेश भट्टराई, विष्णु रिमाल, गणेश पहाडी, आर्थिक विवादमा परिरहने रुपनारायण श्रेष्ठ आदि थिए । दाँयातिर तेह्रथुममा ८७९ मतले निर्वाचन हारेका भानुभक्त ढकाल, युवा नेतृ रचना खड्का र झ्याल छेउको टेबलमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय राजकुमार राई, प्रेस चौतारी महासचिव हिरामान लामा केहि युवाहरुसँग थिए । केहि क्षणमा एमाले ओखलढुङ्गा हालीमुहाली गर्ने एमाले नेता यज्ञराज सुनुवार पनि आइपुगे । निर्वाचनमा अस्मिता थापालाई अघि लगाएर मत माग्दा तेस्रोमा खुम्चिदा पनि उनको अनुहार हसिलै थियो ।
क्यान्टिलमा चिया÷कफी÷महि÷मोही आदि पिएर टोली बाहिर गोलघरमा जम्मा भयो । अनलाइनखबरमा कार्यरत पत्रकार सइन्द्र राई पनि आइपुगे । पार्टीले निर्वाचन हारेको आदि विषयमा तमाम गफ भए ।त्यही बेलामा गत महाधिवेशनमा सचिवमा पराजित भएकी रचना खड्काले पार्टी केन्द्रिय कमिटीको बैठकमा विवादस्पद छविका रुपनारायण श्रेष्ठ लगायतले “केपी ओली ब्यक्ति मात्र नभइ, ओलिपन्थ हो, ओलीविचारधारा हो, यसलाई पार्टीले विचारधाराको रुपमा अधि बढाउनुपर्ने भनेको भन्दै, कार्यकताहरुलाई श्रेष्ठले गरेको हदैसम्मको चाकरीको उजागर गरिदिइन । श्रेष्ठ भने लाजै नमानी गर्वको साथ भन्दैथिए “मैले भनेको हो भन्दै पश्चिम तिरका २÷३ जना केन्द्रिय सदस्यको नाम समेत लिए ।”
अर्को एक प्रसंगमा रुपनारायणले त के सम्म भन्न भ्याए भने “२०५१ सालमा योगेश जीलाई अखिल अध्यक्ष मैले बनाएको हुँ पार्टीले भानुभक्तलाई बनाउन रेडी गरेको थियो । म रविन्द्र अधिकारी (बितेर गैहाले) हामी नै बनाएको” भन्दै फुर्ती लगाउन भ्याइहाले ।
२ बजे पछि प्रायः नेता कार्यकर्ताहरु लाखापाखा लागे । क्यान्टिन भित्रबाट भानुभक्त ढकाल गोलघरमा आए । उनीसँग २÷४ जना कार्यकर्ता थिए । रुपनारायण त्यहि बेलामा पुनः आए । भानुले आदेशात्म पारामा सोधे, “गयो टोली ?” योगेश लक्षित प्रश्न गरेका थिए । रुपनारायणले भ्याट र सेवा शुल्क (रेस्टुरेन्टमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क लिए झैं) थपेर चुक्ली लाउन थाले । “पुरै उडाए नि ओलीविचारधारा बारे केन्द्रीय कमिटीको बैठकमा बोलेको विषयलाई उडाए भन्दै अन्टसन्त चुक्ली लाए । केही क्षण अघिसम्म आफूले बालेको कुरामा गर्व गर्ने श्रेष्ठ, १० मिनेटमा नै परिवर्तन चएको देखेर त्यहा अघि देखि रहेका कार्यकर्ता छक्क मात्र परेनन्, मुखामुख नै गर्न थाले ।
ती कार्यकर्ताहरु पार्किङ तिर गएर भन्दै थिए “पार्टी माटोमा मिल्न लागिसक्यो नेताहरु अझै एक–एर्काको कुरा लगाउदै र कुरा काटेर बस्छन् । यसरी पार्टी त सुधर्दैन नि । उनीहरुले आफूमा चुक्ली लगाउन व्यस्त रहेका बेला पार्टीका कार्यकर्ताहले यस्ता नेताहरु चिन्नुको विकल्प नभएको बताउन थालेका छन् ।
