काठमाडौ, ६ चैत । अग्रणी विद्यार्थी संगठन नेविसंघ नेपाली काङ्ग्रेससगको आबद्धताबाट बाहिरिएको छ ।
संघको शुक्रवार सम्पन्न सिनेट बैठकले संगठनलाई स्वतन्त्र ढंगले संचालन गर्ने निर्णय गर्दै भात्री सस्थाबाट अलग गर्ने निर्णय गरेको हो ।
“हामीले सिनेटबाट भातृसस्थाबाट अलग हुने निर्णय लियौ,अब यो प्रस्ताव पार्टीमा पठाउदैछौ, नीति अनुसन्धान तथा प्रशिक्षण विभाग प्रमुख नारायण पाण्डेले भने,”अब हामी पार्टीको निर्णय र निर्देशनमा होइन, हाम्रो आफ्नै निर्णय र एजेण्डा अनुसार स्वायत्त ढङ्गले कार्यप्रणाली चलाउछौ ।”
तर सैद्धान्तिक निकटता भने काङ्रेससगै रहने उनले जानकारी दिए ।
विद्यार्थीहरुको पार्टीगत आबद्धताले पनि शैक्षिक मुद्दा र आन्दोलन कमजोर बनेको भन्दै कतिपयले प्रश्न उठाइरहेको बेला नेविसंघको यो बोल्ड निर्णय कार्यान्वयनमा जादा विधार्थी आन्दोलनको नयाँ मोड सिर्जनाका लागि बहस अघि बढ्ने संभावना छ ।



