काठमाडौं, ६ चैत । नेपाली नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार पुनः बस्ने भएको छ । शुक्रबार पहिलो दिन उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकमा उपसभापति शर्माले ‘प्रतिनिधि सभा निर्वाचन – ०८२, नेपाली कांग्रेसको प्रारम्भिक समीक्षा’ प्रस्तुत गरेका थिए ।
महामन्त्री गुरुराज घिमिरेले बैठकको प्रारम्भमा प्रस्तावहरु प्रस्तुत गरेका थिए । शुक्रबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, ईन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापतिहरू- उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले आ-आफ्नो धारणा राखेका थिए ।
छलफलको क्रम जारी रहेकोले केन्द्रीय कार्यसमितिको बैठक चैत ८ गते आइतबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा उपसभापति शर्माले ‘प्रतिनिधि सभा निर्वाचन — ०८२, नेपाली कांग्रेसको प्रारम्भिक समिक्षा’ प्रस्तुत गर्नु भएको थियो । महामन्त्री गुरुराज घिमिरेले बैठकको प्रारम्भमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो ।
आजको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु— अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधिरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा. अमिता प्रधान, उमा शिवाकोटी, इन्दिरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादव, प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी) र अमरसिंह पुन (लुम्बिनी) ले आ—आफ्नो धारणा राख्नु भएको थियो ।
छलफलको क्रम जारी रहेकोले केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र ८ गते आइतबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव
