काठमाडौं, २५ फागुन ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा एमालेले सोलुखुम्बूमा पराजय भोगेपनि त्यसको आभास हुन दिएको छैन । एमाले उम्मेदार कल्पना राई पार्टी अध्यक्ष डुफकुमार बाँस्तोलासहित सिंगो टोली मतदातालाई धन्यवाद दिदै काठमाडौसम्म आएर कार्यकर्ताहरुलाई पराजय भएको महशुस गर्न दिएका छैनन । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार राई तथा जिल्ला कमिटी अध्यक्ष बास्तोलाले मतदाता तथा कार्यकताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । एमाले नेताहरुले हारबाट आफूहरु विचलित नभएको र कार्यकर्ताहरु पनि विचलित हुनुपर्ने कारण नभएको भन्दै अझ मजबुँद भएर जनतामाझ जाने प्रतिबद्धता जनाएका छन् ।

एमाले सोलुका अध्यक्ष बास्तोलाले चुनावी समीक्षा भैरहेकाले अहिले मतदाता र कार्यकर्ताहरुलाई धन्यवाद दिने कार्यक्रम मात्र रहेको बताएका थिए । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना सकिएपछि नेकपा (एमाले) का उम्मेदवार राई आफ्ना क्षेत्रका मतदातका माझ पुगेकी थिएन । निर्वाचनमा पराजय भएपनि आफूलाई सहयोग गर्ने शुभचिन्तक र मतदाता सबैलाई उनले धन्यवाद दिएकी छिन् । निर्वाचन सकिएपछि जिल्लाका सबै पालिका पुगेर उनी काठमाडौ आएकी हुन ।

सोलुका विभिन्न भागबाट काठमाडौ आएर बसोबास गरिरहेका एमाले शुभचिन्तकहरुलाई भेटघाट गरे उनले संक्षिप्त चुनावी समीक्षा पनि गरेकी छिन् । स्थानीय नागरिक तथा समर्थकहरूसँग भेटघाट गर्दै राइले जनमतको सम्मान गर्दै सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । उनले निर्वाचन प्रक्रियामा सहभागी भएका मतदाता, स्वयंसेवक, तथा निर्वाचनमा खटिएका नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गरेकी छिन । निर्वाचनको समयमा अहोरात्र खट्ने सम्पुर्ण पार्टी नेता कार्यकर्ताहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा नेकपा एमालेप्रति जनताको विश्वास र भरोसा कायम रहने आशा व्यक्त गरेकी छिन् ।
धन्यवाद कार्यक्रममा एमाले केन्द्रीय सदस्य मानवीर राई, प्रदेश कमिटी सदस्य डाकबहादुर नेपाली, युवा संघका केन्द्रीय सदस्यहरु सम्पर्क मञ्चका पदाधिकारीहरु तथा एमाले शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सोलु काठमाडौ सम्पर्क मञ्चका पूर्वअध्यक्षद्वय अर्जुन कार्की र कृष्ण गोपाल श्रेठले गरेका थिए ।
कार्यक्रममा शुभचिन्तकहरुमाझ उम्मेदवार राईले जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएकाले परिणाम जे आए पनि त्यो जनमतलाई सम्मान आफू सधै जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेकी थिइन ।




