काठमाडौं, १३ चैत । विवाह गरेको चार वर्षपछि गायिका इन्दिरा जोशी आमा बन्ने भएकी छिन्। कुनै बेलाकी हट गायिका जोशीले आफ्नो बेबी बम्प देखाउँदै , आफू आमा हुन लागेको जानकारी दिएकी हुन्।
उनी आमा बन्न लागेको खबर, उनको शुभचिन्तक र फ्यानहरुका लागि पनि सरप्राईजको विषय हो। किनकी यसअघि कहिँकतै उनले आफू आमा हुन लागेको छनक दिएकी थिइनन्।
जोशीले २०७९ जेठ ३१ गते फेसन डिजाइनर शरद केडियासंग विवाह गरेकी थिइन्। टोखामा लगनगाँठो कसेका यी दुईले विवाह हुनु एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। तीन वर्षको लामो प्रेमसम्बन्धपछि यी दुईले विवाह गरेका हुन्।
