काठमाडौं, १३ चैत ।
गौरी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रीपरिषदको निर्णयसगै अध्यक्ष केपी ओलीलाई तत्काल पक्राउ गर्ने सुचना बाहिरिएपछी एमाले आक्रोशित बनेको छ ।
बालेन शाह प्रधानमन्त्री बनेलगत्तै पूर्वाग्रही र प्रतिशोधपूर्ण निर्णय भएको भन्दै एमालेका नेता कार्यकर्ताहरूले आपत्ति जनाइरहेका छन् ।
महासचिव शंकर पोखरेलले बालेन सरकारको निर्णय फिर्ता गर्न माग गरेका छन् ।
‘कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर ! मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर !’ पोखरेलले लेखेका छन ।
यसअघि सचिव महेश बस्नेतले क्याविनेटको निर्णय अस्वीकार गर्दै प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने पहिलो गाँसमै ढुङ्गा पर्ने मात्र होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्ने टिप्पणी गरेका थिए ।
