काठमाडौं, १५ चैत । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने भएको छ । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।
एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने तयारी छ । हिजो पार्टी सम्बद्ध जनसंगठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए । अध्यक्ष ओली पक्राउका विषयमा बिहान १०.३० बजे कानुनविदहरुसँग अन्रतसंवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने
Previous Articleपुस्तान्तरण र रुपान्तरणमा हस्ताक्षरः डा.वास्तोला
