काठमाडौं, १९ चैत ।
सिंहदरवारस्थित कर्मचारी प्रशासनमा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिनभरीको कार्यविवरण त्यसैदिन पाँचबजेभित्र प्रधानमन्त्री कार्यालयमा पठाउन निर्दैशन दिएक छन् । सिंहदरबारमा दशकौँदेखि जकडिएको ढिलासुस्ती र कर्मचारीतन्त्रको मनोमानीलाई हटाउन रिपोर्टिङ प्रणाली लागू गर्नलाई यस्तो निर्दैशन दिएका हुन । प्रधानमन्त्री शाहले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई एउटै कसीमा राखेर अब हरेक दिनको कार्यसम्पादन विवरण साँझसम्म बुझाउन निर्देशन दिएपछि सरकार जंगी प्रशासनमा प्रवेश गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग लगायतले मात्र यसरी कामको विवरण राती अबेरसम्म तयार पारेर माथिल्लो निकायलाई बुझाउने गर्थे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सबै मन्त्रालय, विभाग, आयोगमा पत्रचार गरेर दिनभरीका सबै कामको विवरण बुझाउन भनेको हो। एक सचिवले प्रधानमन्त्री कार्यालयबाट पत्राचार भएको पुष्टि गरे। दिनभरीको कामको सबै विवरण बुझाउन पत्र आएको उनले जानकारी दिए।
दिनभरको कार्यविवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनका लािग सबै जसो मन्त्रालयले फोकल पर्सन तोकिसकेका छन्। यसको जिम्मेवारी सहसचिवलाई दिइएको अर्का सचिवले बताए। ‘हामीलाई आएको पत्र अनुसार हिजैदेखि दिनभरीमा सम्पादन भएका कामको जानकारी प्रधानमन्त्री कार्यालयमा पठाउन थालिसकेका छौँ,’ ती कर्मचारीले भने
सरकारले शासकीय सुधारसम्बन्धी सय वटा कामको कार्यसूची सार्वजनिक गरिसकेको छ। कार्यसूची कार्यान्वयन भए नभएको प्रधानमन्त्री शाहले दैनिक जानकारी लिन थालेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री शाहले कामको मूल्यांकन यसैलाई मान्ने बताएका छन् ।
यतिबेला नेपाललगायत केही मुलुकमा भने निजामती प्रशासन संस्थागत हुनै सकेन । नेपालमा प्रशासन अकर्मण्य भएको, क्षमता गुमाउँदै गएको, आर्जित क्षमताको उपयोग नगरेको र सेवाग्राहीसँग असल व्यवहार नगरेको आरोप लाग्दै आएको छ । अहिले प्रशासन अस्तित्वको संकटमा छ । सदनदेखि सर्वसाधारणसम्मले कर्मचारीतन्त्रको आलोचना गरिरहेका छन्, कर्मचारीको मनोबल निकै गिरेको अवस्थामा प्रधानमन्त्रीले सेवा सुविधालाई ध्यान नदिई कर्मचारीलाई कामको विवरण मात्र त्यसले कस्तो अवस्था र परिणाम ल्याउछ भन्ने स्पष्ट भएको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
