काठमाडौं, चैत २४ ।
एमाले महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका छन् ।
विगतमा विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेर ठूलो मात्रामा ऋण लिन शुरु गरेको भन्दै पोखरेलले आलोचना गरेका हुन् ।
‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,’ पोखरेलले लेखेका छन्, ‘यस्तो विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।’ पोखरेलले सामाजिक संजालमा लेखेका छन ।
