काठमाडौँ, चैत २४ ।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।त्यस्तै, बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अर्थशास्त्री डा. भट्टलाई योजना आयोगको कमान सम्हाल्ने जिम्मेवारी दिएको छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि समेत चर्चामा रहेका भट्टलाई सरकारले विकास योजना तर्जुमाको महत्त्वपूर्ण निकायको बागडोर दिएको हो।
