मृत्युगाथा

मृत्युगाथा

आशाको बुट्टा बुन्दछे उजेली चौधरी दु: खै दुख को ढकियामा साँझ को भुटुन बेसाउने रुपियाँ नभएको बेला


मृत्युगाथा

१. हवाइजाज आउन्या नाइँ सर ?

मेरो छोराकन तल लगिदिया

बाच्दथ्यो कि त एकमात्र सपना

गलामा अड्केको आँशु घुट्क्याएर

गुनासो पोखिरहि हरिमाया

केवल मष्टाको पुकार अनि

नौधारा दूधको सहारामा

चलाउन सकिन उसले सुकबिर बिक का नाडिहरु

न त उघार्न नै सकी आफ्ना नयनहरु !

 

२. ‘ गुरुवा ‘ ले फुक्दै गर्दा खरानीको धूलो

आशाको बुट्टा बुन्दछे उजेली चौधरी

दु: खै दुख को ढकियामा

साँझ को भुटुन बेसाउने रुपियाँ नभएको बेला

पुर्याउनु ए कसरी दूर शहर को अस्पताल ?

चिसो रातमा पोखिएझै शीत को थोपा

पोखियो एउटा सोझो प्राण गरिबीको सिरेटोमा

छोडेर धर्तीमा कलिला मुनाहरु !

 

३. चर्को ब्याजले सिनित्तै निलेको झुपडीमा

मालिस गर्दै गर्दा रोगी लोग्नेको पैताला

सप्कोले पुछेर के पुछिन्थे

बुधुनी रामका बेदनाहरु

राखेर पुस्तौनी तमसुक

उडिगएछ एउटा इमान्दार प्राण

गरिबीको अनन्त कुहिरोमा

शून्य बनाएर सुन्दर आकांक्षाहरु !

 

४. बा को पर्खाइमा तन्किएका खुशीहरू

विसर्जित हुदा काठको बाकसमा

बा नदेखेकी कोपिला बूढा

पढिरहेथि बाको नाम बाकसको ढक्कनमा

दिइरहेथ्यो प्रथम उपहार एउटा पिताश्री

भोकको लडाइमा हारेको एउटा निर्जीव शरीर

भिजाएर कोपिलाका आँखाहरु !

 

५. अढाई सय चिकित्सकको सामूहिक निगरानीमा

विश्वकै सुबिधायुक्त अस्पतालमा

विश्वकै सुबिधायुक्त अस्पतालमा

तन्नेरी देशको एउटा बूढो शासक

गरीब देशको एउटा धनी शोषक

किनिरहेछ समय पैसाको बिटोमा

बिज्ञान अनि प्रविधिको भरपूर उपयोगमा

निर्धनको पसिनाले गन्ह्याएको भेन्टिलेटर

फेर्दै गर्दा उसले सुगन्धित अन्तिम स्वाश

रंगिए अखबारका पानाहरू

गुन्जिए श्रद्धान्जलीका गाथाहरु

तर,

खोपडी भित्रको गीदी हल्लिरेछ मेरो महाशय

प्रश्न सोध्ने मूर्खता गर्दैछु म शोकको माहोलमा

एउटा ठग शासक अनि ,

शोषक साहुजीको बिलासिता पुर्याउन

रंगीन मृत्युको भाकल पुर्याउन

बलि चढेका ती अनेकन इमान्दार जीबनहरू

फगत मृत्युका गणना मात्रै हून

वा

हून सुनियोजित हत्या हरू ? 

                                                          सन्दीप खनाल


प्रकाशित मिति: आइतबार, १८ पुस, २०७८, १३:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९