गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार


गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन् । बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ ।

प्रहरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे । प्रहरीले उनलाई सोमबार नै पक्राउ गरेको छ ।  गोवा घुम्न आएकी पीडित महिलाले प्रहरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आरोपीले बलात्कार गरेका थिए ।  सो घटना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई भारतस्थित बेलायती दूतावासले पनि सहयोग गरेको थियो । 

उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार राति नै आरोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो । 
  


प्रकाशित मिति: बुधबार, २५ जेठ, २०७९, ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९