कवि बास्तोलाका कविता संगहमा पूर्वेली लवज

कवि बास्तोलाका कविता संगहमा पूर्वेली लवज


कवि बास्तोलाका कविता संगहमा पूर्वेली लवज

काठमाडौं । नेपाली कविता साहित्यकाशमा कवि होमशंकर वास्तोलाको भोका सपनाहरु लोकार्पित भएको छ । कपन साहित्य समाजको आयोजनामा शनिवार विहान लोकार्पित भएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव जगत प्रेक्षित र काव्यविभाग प्रमुख हेमनाथ पौडेल, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले सो कविता संग्रह लोर्कापण गरेका थिए । 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रेक्षितले कवि वास्तोलाका कविताले वर्तमान समयलाई प्रतिनीधित्व गरेको बताएका थिए । उनले कवि र कविता दुवै सरल भएकाले पाठकलाई बुझन् सहज हुने बताएका थिए । कपन साहित्य समाजका संस्थापक अध्यक्ष एवं वर्तमान मेयर अधिकारीले कविको कविताले नेपाली साहित्यमा योगदान पुग्ने बताएका थिए । त्यसैगरी सहप्राध्यपक एवं साहित्यकार आरएम डंगोलले नेपाली साहित्यमा पूर्वैली लवजसहितका कविताले नेपाली साहित्यमा छुट्टै पहिचान बोकेको बताएका थिए । उनले समाजको प्रगतिशील रुपान्तरणको लागि कविका कविता बैचारिक रुपले सबल रहेको समेत बताए ।

त्यसैगरी कौशीकी साहित्य प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाले वास्तोलाका कविताले जीवनको सुन्दरता र कलाको वैशिष्ट्यतालाई हार्दिकतापूर्वक पस्केको बताए । कार्यक्रममा नेपाली साहित्य र कपन साहित्य समाजको बारेमा कवि एवं बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले पनि आफ्ना धारणा राखेकी थिइन । कार्यक्रममा कपन साहित्य समाजका संस्थापक अध्यक्ष अधिकारीलाई सम्मान पनि गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९