काठमाडौं, १५ माघ । गणतन्त्र दिवसको विभिन्न कार्यक्रमका साथ देशैभर गणतन्त्र दिवस मनाइँएको छ । काठमाडौंमा सरकारले टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ । टुँडिखेलको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री बालेनले भने सम्बोधन् गरेनन् । गणत्त्रन दिवसको दिन प्रधानमन्त्री र राष्ट्रपतिवीत सामान्य संसवाद पनि हुन सकेन । उनीहरुबीच बोलचाल नै भएन । बालेन आफ्नी श्रीमती सविना काफ्लेसँग कुराकानीमा रहे । बरु काठमाडौं महानगरपालिकाकी निमित्त मेयर सुनिता डंगोलसँग कुराकानीमा रहे । तर राष्ट्रपतिसँग उनको कुनै पनि प्रकारको संवाद हुन सकेन । प्रधानमन्त्रीले शिष्टचारका लागि नमस्कार गरेका थिए ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
टुँडिखेलमा कार्यक्रम आयोजना हुनुअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको थियो । त्यसुपछि सैनिक मञ्चमा बिहान ८ बजेदेखि औपचारिक कार्यक्रम सुरु गरेर दिवस मनाइएको थियो ।




